पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ

पालिका डायरी
२७ फाल्गुन २०७८, २१:३६
पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ

जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् ।

शाहका म्यानेजर भनिएका जोशीलाई तनुहँको दमौलीबाट आज शुक्रवार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अनुसन्धानका लागि जाेशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शाह जोडिएको घटनामा मतियारको भूमिका खेलेको बताउँदै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा गएकाे फागुन ११ गते एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया