मकवानपुरमा तेस्रो बालमैत्री गाउँपालिका घोषणा हुँदै

पालिका डायरी
२५ फाल्गुन २०७८, १८:५८
मकवानपुरमा तेस्रो बालमैत्री गाउँपालिका घोषणा हुँदै

हेटाैंडा /मकवानपुरमा तेस्रो बालमैत्री गाउँपालिका घोषणा हुने भएको छ । मकवानपुरगढी गाउँपालिकाले बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारी गरेको छ।

फागुन २७ गते पालिकाका सम्पूर्ण वडा बालमैत्री वडा घोषणा गर्ने र चैत्र १२ गते पालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिए ।

बालमैत्री पालिका घोषणाको लागि सूचक पूरा भैसकेको पुडासैनीले बताए । ‘हामीले आर्थिक वर्ष ०७५/०७६ देखि नै बालमैत्री पालिका बनाउन कसरत गर्दै आएका थियौं । तीन वर्षदेखिको लामो प्रयास बल्ल सफल हुन लागेको छ’, उनले भने ।

चैत १२ गते बालमैत्री पालिका घोषणा गर्ने बताइएको छ। योसँगै मकवानपुरगढी गाउँपालिका जिल्लाकै तेस्रो बालमैत्री पालिका बन्दैछ ।यसअघि मनहरी गाउँपालिका बकैया गाउँपालिका क्रमश: पहिलो र दाेस्राे घोषणा भैसकेका छन् । बाँकी ७ वटा पालिकाहरूले पनि बालमैत्री पालिका निर्माण गर्न कसरत गर्दै आएका छन् ।

प्रतिक्रिया