ईन्द्रसरोवरमा बोलेरो दुर्घटना

पालिका डायरी
२४ फाल्गुन २०७८, १३:१६
ईन्द्रसरोवरमा बोलेरो दुर्घटना

हेटौंडा /  मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडा नंबर २ हेभीमा बोलेरो दुर्घटना भएको छ ।

मदन भन्डारी मार्ग अन्तर्गत ईन्द्रसरोबर गाउँपालिका वडा नंबर २ हेभीमा आज विहान करिव ८ बजे काठमान्डौं बाट हेटौंडा तर्फ आँउदै गरेको प्र०३-०१-२४ च६१८५ नम्बर को बोलेरो दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

बोलेरोमा सवार सवारी चालक सिन्धुपाल्चोक जिल्ला स्थायी घर भएका बिजय तामाङ्ग गम्भीर घाइते भएका छ्न ।
बोलेरो सडक बाट करिब १५० मिटर तल पुगेको छ भने घाइतेलाई उपचार को लागि ट्रमा सेन्टर काठमाडौ लगिएको बताइएको छ ।

प्रतिक्रिया