श्रीमतीलाई कुटपिट गरी तेजाब प्रहार गर्ने श्रीमान् पक्राउ

पालिका डायरी
२३ फाल्गुन २०७८, ११:३६
१ एक करोड ५० लाख नगदसहित हुन्डी कारोबारी पक्राउ

काठमाण्डाै /  भक्तपुरमा श्रीमान्ले श्रीमतीलाई कुटपिट गरी तेजाब प्रहार गरेका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ४ दधिकोट चित्रपुर बस्ने ६५ वर्षका श्याम गुभाजुले ६० वर्षकी श्रीमतीलाई कुटपिट गरी तेजाब प्रहार गरेका प्रहरीले जनाएको छ ।

तेजाब प्रहारबाट घाइते भएकी उहाँलाई कीर्तिपुरको बर्न अस्पतालमा उपचारका लागि लगिएको छ । तेजाब छ्याप्ने गुभाजुलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया