१० दिने मखमलको जुत्ता चप्पल बनाउने तालिम समापन्न

पालिका डायरी
१९ फाल्गुन २०७८, १९:१३
१० दिने मखमलको जुत्ता चप्पल बनाउने तालिम समापन्न

हेटौंडा  /  महिला बालबालिका तथा असहाय कल्याण समुहको आयोजनामा भएको १० दिने मखमलको जुत्ता चप्पल बनाउने तालिमको बिहिवार समापन भएको छ ।

हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा समुहले फागुन ९ गतेदेखि सुरु गरेको तालिमको आज एक कार्यक्रमका बीच समापन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी हेटौंडा ५ का वडा सदस्य केशव श्रेष्ठले महिलाहरुलाई स्वरोजगार मार्फत आर्थिक रुपमा सबल र सक्षम बनाउने उद्देश्यले सिपमुलक तालिम प्रदान गरिएको बताउनुभयो । आर्थिक हिसाबले परिवारका पुरुषसङ्ग आश्रीत हुनुपरेका महिलाहरुलाई सिपयुक्त तालिमको माध्यमले आर्थिक सशक्तीकरण हुने विश्वास गर्दै वडा सदस्य श्रेष्ठले सिकेको सिपलाई व्यक्तिगत रुपमा वा सामुहिक रुपमा व्यवसायमा लाग्न आग्रह गर्नुभयो । साथै व्यवसायमा लाग्न चाहनेलाई वडा कार्यालयबाट सहयोग प्रदान गर्ने बताउनुभयो ।

यस्तै तालिमका प्रशिक्षक रुबि बानियाँले सिकेका सिपलाई व्यवहारमा उतार्न आग्रह गर्दै तालिमको थप एडभान्स कोर्स हुन सके अन्य मखमलकै डिजाईनयुक्त जुत्ता चप्पल बनाउन सकिने बताउनुभयो ।

यस्तै कार्यक्रममा समुहकी अध्यक्ष अम्बिका खतिवडाले महिलाहरुलाई सिपयुक्त तालिमको माध्यमबाट आर्थिक रुपले सबल बनाउने समुहको उदेश्य अनुरुप महिलाहरुलाई तालिम प्रदान गर्दै आएको बताउनुभयो । समुहले यसअघि पनि अन्य क्षेत्रका महिला तथा किशोरीहरुलाई स्वरोजगार बनाउन क्रीस्टलको गहना बनाउने तालिम, पार्लर सम्बन्धि तालिम, डल तथा कुसन बनाउने तालिम लगाएत अन्य थुप्रै तालिमहरु प्रदान गर्दै आएको बताउनुभयो । साथै धेरै महिलाहरुले सिपलाई व्यवसायको रुपमा पनि अघि बढाएका उदाहरण प्रस्तुत गर्दै सिकेको सिपलाई व्यवहारमा रुपान्तरण गर्न समेत आग्रह गर्नुभयो । समुहको आयोजनामा भएको तालिममा हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडाका १५ जना महिलाहरुको सहभागी थियो ।

 

१० दिने मखमलको जुत्ता चप्पल बनाउने तालिम समापन्न

प्रतिक्रिया