बैतडी र दार्चुलासँग जोडिएका सीमा नाका आजदेखि चार दिनका लागि बन्द

पालिका डायरी
२८ माघ २०७८, ०७:५६
बैतडी र दार्चुलासँग जोडिएका सीमा नाका आजदेखि चार दिनका लागि बन्द

बैतडी र दार्चुलासँग जोडिएका नेपाल–भारत सीमा नाका आजदेखि चार दिनका लागि बन्द हुने भएका छन् ।

उत्तराखण्ड राज्यमा हुने विधान सभा चुनावका लागि भारतले नेपालसँग सीमा जोडिएका नाका चार दिनका लागि बन्द गरेको हो ।

बैतडी र दार्चुलासित जोडिएका नाका आज बेलुकादेखि फागुन २ गतेसम्म बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएका छन् ।

बैतडीको झुलाघाट तथा दार्चुलाको लाली, जोलजीवी, दत्तु, खलङ्गा, तिगरम र सीतापुल नाका बन्द हुन लागेका हुन् ।

भारतीय प्रशासनले बैतडी र दार्चुला जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी सुरक्षा संवेदनशीलताका कारण नाका बन्द गर्नुपरेको जनाएको छ ।

प्रतिक्रिया