मुलुकभर एकैदिन १२३३८ जनामा कोरोना पुष्टि, ४ संक्रमितको मृत्यु

पालिका डायरी
६ माघ २०७८, १७:३५
कोरोना संक्रमण फैलने दर एक सातामै तेब्बर

पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७ हजार ४९७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २१ हजार ७ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १० हजार ५२ जना र ६ हजार ४९० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय २८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया