निर्वाचन आयोगले दलहरुलाई भन्यो- माघको पहिलो हप्ताभित्रै स्थानीय निर्वाचनको मिति घोषणा हुनुपर्छ

पालिका डायरी
३० पुष २०७८, १५:५९
राष्ट्रिय सभा सदस्य निर्वाचन : आज मनोनयनपत्र र उजुरीको जाँचबुझ गर्ने आयोगको तयारी

निर्वाचन आयोगले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपर्ने बताएको छ ।

शुक्रबार प्रमुख राजनीतिक दलका नेताहरुसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने प्रमुख आयुक्त थपलियाले बताउनुभएको हो ।

निर्वाचन कानुन अनुसार आयोगलाई तयारीका लागि चाहिने १२० दिन घर्किसकेको भन्दै माघ पहिलो हप्ताभित्र निर्वाचन घोषणा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । आयोगले निर्वाचन कानुन अनुसार २०७४ जेठ ६ गतेबाट स्थानीय तहका पदाधिकारीको कार्यकाल गणना हुने भनी दलहरुलाई जानकारी गराएको छ ।

छलफलमा दलहरुले राष्ट्रिय सभा निर्वाचनका लागि अहिले तोकिएको निर्वाचन केन्द्रहरु थप गर्न माग गरेका छन् । आयोगले प्रदेश–२ का लागि दुईवटा र अन्य प्रदेशका लागि एक/एक वटा निर्वाचन क्षेत्र तोकेको छ । आयोगले सातवटा प्रदेशमा ८ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र रहने जनाइसकेको छ ।

राष्ट्रिय सभामा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षले मत दिने प्रावधान छ । रिक्त हुँदै गरेका २० मध्ये १९ जनाको पदपूर्तिको लागि यही माघ १२ गते निर्वाचन हुँदैछ ।

 

प्रतिक्रिया