हेटौंडा बसपार्कको तरकारी बजार राप्ती खोलाको किनारमा सारिने

पालिका डायरी
२९ पुष २०७८, १९:५३
हेटौंडा बसपार्कको तरकारी बजार राप्ती खोलाको किनारमा

हेटौंडा उपमहानगरपालिका वडा नं १० बसपार्कस्थित तरकारी बजार स्थान्तरण हुने भएको छ । तरकारी बजारलाई हेटौंडा उपमहानगरपालिका वडा नं १ स्थित राप्ती खोलाको किनारमा स्थान्तरण गर्न लागिएको हो ।

खोलाको किनारमा रहेको सार्वजनिक जग्गा प्रयोग गर्न उपमहानगरपालिकाले स्विकृति दिइसकेकोले अबको तरकारी बजार त्यहा“ बन्ने मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालले जानकारी दिए । उद्योग वाणिज्य संघको पहलमा उपमहानगरपालिकाले स्विकृति दिएको अध्यक्ष अग्रवालले बताए ।

भोलि देखिनै अस्थायी संरचना निर्माणको काम सुरु हुने उनले बताए । मकवानपुर उद्योग वाणिज्य संघ र हेटौंडा उपमहानगरपलिकाका प्रतिनिधिसहित बसपार्कका तरकारी व्यवसायीहरुले बिहीबार उक्त क्षेत्रको स्थलगत अवलोकन गरेका थिए । बसपार्कस्थित तरकारी बजारमा १०८ जना व्यवसायीले व्यवसाय गर्दै आएका छन् ।

प्रतिक्रिया