सुडानका प्रधानमन्त्री हाम्डोकद्वारा राजीनामा

पालिका डायरी
१९ पुष २०७८, ०८:१२
सुडानका प्रधानमन्त्री हाम्डोकद्वारा राजीनामा

एजेन्सी/  सुडानका प्रधानमन्त्री अब्दल्ला हाम्डोकले राजीनामा दिनुभएको छ । सैनिक विद्रोहबाट अपदस्थ प्रधानमन्त्री शर्तसहित पुनर्बहाली भएको केही साता पछी देशमा चर्केको आन्दोलनका बीच हाम्डोकले राजीनामा दिनु भएको हो ।

टेलिभिजनबाट सन्देश दिंदै उहाँले देशका नागरिकलाई लोकतन्त्रिक अभ्यासको मौका दिन राजीनामा दिएको उल्लेख गर्नुभएको छ । गत महिना सैनिक विद्रोहका क्रममा घरमै नजरबन्दमा रहनु भएका प्रधानमन्त्री हाम्डोकले सुडानको सेनासंग शक्ति बाँडफाँडको सम्झौता गरेपछी पुनर्बहाली हुनुभएको थियो ।

सेना र राजनीतिक दलहरू बीचको नयाँ सम्झौता अन्तर्गत, हाम्डोकले प्राविधिकहरूको स्वतन्त्र मन्त्रिपरिषद् गठन गर्ने वार्तामा सहभागी भएको त्यसको बिरुद्धमा देशभर आन्दोलन चर्केपछी उहाँ राजीनामा दिन बाध्य हुनुभएको हो ।

सुडानमा चर्केको आन्दोलनका बीच उहाँले सुडान खतरनाक मोडमा पुगेको भन्दै बिपतबाट जोगाउन आफुले सक्दो प्रयास गर्दा पनि असफल भएपछी राजीनामा दिन बाध्य भएको उल्लेख गर्नुभएको छ । गत २५ अक्टोबरमा सुडानको सेनाले आपतकालको घोषणा गर्दै नागरिक सरकार विघटन गरेको थियो ।

प्रतिक्रिया