हेटौंंडामा मनाइयो तमु ल्होसार

पालिका डायरी
१५ पुष २०७८, १८:१८

हेटौंडा/  हेटौंडाको शहिद स्मारकमा बिहिवार तमु ल्होसार वर्ष मनाइएको छ । तमु ह्युल छोँज धीँ (गुरुङ् राष्ट्रिय परिषद्) मकवापुरको आयोजनामा ल्होसार मनाइएको हो ।

गुरुङ राष्ट्रिय परिषद् मकवानपुरका अध्यक्ष अमिर तमुको अध्यक्षतामा भएको कार्यक्रममा गुरुङ् राष्ट्रिय परिषद् केन्द्रिय सदस्य जंगबहादुर तमुको प्रमुख आतिथ्यता रहेको थियो ।  बर्गलाई बिदाई गर्दै तो बर्गलाई स्वागत गर्दै अग्रज व्यक्तिबाट टीका लगाएर शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रममा करिब २ सय गुरुङहरुको उपस्थित रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गुरुङ् राष्ट्रिय परिषद् केन्द्रिय सदस्य जंगबहादुर तमुले साँस्कृतिक विविधताले भरिएको मुलुक भएकोले सबैको सस्कृतलाई जर्गेना गर्नुपर्ने बताए । तमुको संस्कार सबैले भुल्दै गएको हुँदा सबैले त्यसको अध्यन गरेर आफनो पर्व मनाउदै अगाडि बढ्न आग्रह गरे ।

कार्यक्रममा आदिवासी जनजाती महासंघ मकवापुरका अध्यक्ष तिर्थ बहादुर थापा मगर , संरक्षक पुष्प गुरुङ , थारु कल्याणकारी सभाका अध्यक्ष हरिलाल चौधरी , आदिवासी जनजाती पत्रकार महासंघका अध्यक्ष अशोक सुजन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया