भारतीय सेना प्रमुख विपिन रावत चढेको हेलिकाेप्टर दुर्घटना, ४ मृतकको शव फेला

पालिका डायरी
२२ मंसिर २०७८, १५:१४
भारतीय सेना प्रमुख विपिन रावत चढेको हेलिकाेप्टर दुर्घटना, ४ मृतकको शव फेला

 

काठमाडौं/  भारतीय सेना प्रमुख विपिन रावत चढेको हेलिकप्टर दुर्घटना भएको छ । बुधबार तमिलनाडुको कुन्नुरमा हेलिकोप्टर दुर्घटना भएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ ।

हेलिकोप्टर दुर्घटनामा ४ जनाको मृतकको शव फेला परेको टाइम्स अफ इन्डियाले जनाएको छ । हेलिकप्टर सुलुर आईएएफ बेसबाट वेलिंग्टनको डिफेन्स सर्भिसेज कलेज (डीएससी) तर्फ जाँदै गर्दा दुर्घटना भएको थियो।

अहिले घटनास्थलमा आपतकालीन र उद्धार टोली खटिएको छ । जहाजमा गम्भीर घाईते भेटिएका दुई जनालाई अस्पताल लगिएको छ भने मृतकको सनाखत भइरहेको छ ।

दुर्घटनामा परेको हेलिकोप्टरमा रावतसहित उनको परिवार र १४ सेना सवार रहेको बताइएको छ । खराब मौसमका कारण यो दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । हाल उद्धार कार्य जारी रहेको बताइएको छ ।

प्रतिक्रिया