रक्त चन्दन तेलसहित १० जना पक्राउ

पालिका डायरी
१२ मंसिर २०७८, १३:५३

 

काठमाडौं /  प्रहरीले काठमाडौंको तिलगंगाबाट रक्तचन्दनको तेल तस्कारी गरेको आरोपमा १० जनार्लाइ नियन्त्रणमा लिएको छ । महानगरीय अपराध महाशाखाको टोलीले रक्तचन्दनको ३३ लिटर तेलसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिन्धुली हरिहरपुर गाउँपालिकाका ५० वर्षीय हेमकुमार श्रेष्ठ, मकवानपुर गढी गाउँपालिकाका ३९ वर्षीय मंगल सिंह, टोखा ३७ वर्षीय ईक्रम श्रेष्ठ, बनेपा नगरपालिकाका ३१ वर्षीय कार्साङ्ग लामा रहेका छन् ।

यस्तै खोटाङको हलेसीका २३ वर्षीय घनश्याम आले मगर र २० वर्षीय जीवन थापा, तिलगंगाका ५१ वर्षीय मदन पोडे, तनहुँ भानु नगरपालिका–६ का २५ वर्षीय सुदिप थडराई, काठमाडौंको छाउनीका ५३ वर्षीय अनिल चरण श्रेष्ठ र ५१ वर्षीय अनुप कुमार श्रेष्ठ रहेका छन् ।

रक्तचन्दन र यसबाट बनेका सामग्रीको ओसारपसार नेपालमा प्रतिबन्धित छ । पछिल्लो समय रक्तचन्दनको काठ नियन्त्रणमा प्रहरीको सक्रियता बढेपछि तस्करले यसबाट बनेका अन्य सामग्रीको कारोबार बढाएका छन् ।

प्रतिक्रिया