टिकौली जंगलमा भेटियो पुरुषको शव 

पालिका डायरी
२९ कार्तिक २०७८, १२:१०

 

चितवन /  चितवनको टिकौली जंगलमा परिचय नखुलेका एक पुरुषको सडेगलेको अवस्थामा एक पुरुष मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान साढे ७ बजे अन्दाजी ६० वर्षका पुरुषको शव फेला परेको हो ।

शवको प्रकृति हेर्दा केही दिन अघि उनको मृत्यु भएको र कपडाले बेरिएको अवस्थामा पूर्व पश्चिम राजमार्गबाट १०० मिटरभित्र जंगलमा भेटिएको कार्यालयका प्रवक्ता सूर्य बहादुर थापाले जानकारी दिए ।

स्थानीयले शव देखेपछि प्रहरी घटनास्थलमा पुगेको छ । हालसम्म शवको पहिचान हुन सकेको छैन ।

प्रतिक्रिया