छठ पूजाको दीपले पोलेर एक वृद्धा गम्भीर घाइते

पालिका डायरी
२५ कार्तिक २०७८, ११:४२

जनकपुरधाम/ महोत्तरीमा छठ पूजाको दिप बाल्ने क्रममा साडीमा आगो सल्किएपछि एक महिला गम्भीर घाइते भएकी छन्।
गएराति जलेश्वर नगरपालिका ६ स्थित परिक्रमा पोखरीमा छठ पूजाको लागि बत्ती बाल्न खोज्दा सोही ठाउँकी ८८ वर्षीया फुल कुमारी कर्णको साडीमा आगो सल्किएको थियो।

आगोले शरीरका विभिन्न ठाउँमा पोलेर गम्भीर घाइते बनेकी कर्णलाई तत्काल उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो।

उनको जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लगिएको परिवारले जनाएको छ।

 

प्रतिक्रिया