हेटौंडामा १ लाख ३४ हजार नगद सहित ८ जुवाडे पक्राउ

पालिका डायरी
११ कार्तिक २०७८, २१:३६
हेटौंडामा १ लाख ३४ हजार नगद सहित ८ जुवाडे पक्राउ

 

हेटौंडा / मकवानपुर प्रहरीले हेटौंडा ४ बाट जुवा खेलिरहेको अवस्थामा आठजनालाई पक्राउ गरेको छ।

प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले बुधबार हेटौंडा-४ स्थित पशुपती मन्दिर रोडमा प्रकाश बिकको अटो ग्यारेजमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा हेटौंडा-१२ बस्ने वर्ष ४३ को कृष्ण ब्लोन, हेटौंडा-६ बस्ने वर्ष ३१ को अजय सापकोटा, हेटौंडा-१ चाईनाक्वाटर बस्ने वर्ष ३८ को नवराज गिरी, हेटौंडा-३ बस्ने वर्ष ३१ को प्रकाश बिक, हेटौंडा-६ बस्ने वर्ष ३९ को पुर्ण बहादुर श्रेष्ठ,हेटौंडा-५ बस्ने वर्ष ३४ को पिताम्बर देवकोटा,हेटौंडा-१ चौकीटोल बस्ने वर्ष ४२ को बिर बहादुर लामा र गढी-६ बस्ने वर्ष २७ को राम कुमार लामा रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट नगद १ लाख ३४ हजार ५५० रुपैयाँ र तास ५ बुक समेत बरामद गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया