प्रभु साहद्वारा एमालेको विधान महाधिवेशन बहिस्कार

पालिका डायरी
१५ आश्विन २०७८, १३:२८
प्रभु साहद्वारा एमालेको विधान महाधिवेशन बहिस्कार

ललितपुर । नेकपा एमालेको विधान महाधिवेशनमा प्रभु साह सहभागी नहुने भएका छन् । शुक्रबार बिहान बानेश्वरमा आफूनिटक नेताहरुसँगको बैठकमा एमालेको विधान महाधिवेशनमा सहभागी नहुने निर्णय गरेका हुन् ।

सर्वाेच्चले अदालतले तत्कालीन नेकपालाई विभाजन गरेर साबिककै एमाले र माओवादी बनाउदा साह माओवादीबाट एमालेतिर लागेका थिए । एमालेमा रहँदा विभिन्न मागहरु राख्दै आएका उनी पछिल्लो समय पार्टीमा निष्क्रिय देखिन्छन् ।

उनले प्रदेश नं. २ मा कमिटी निर्माण, पदाधिकारी चयन तथा कार्य विभाजन, आईटी आर्मीलाई पार्टीकै जनसंगठनको रुपमा मान्नुपर्नेलगायत विभिन्न मागहरु राख्दै आएका छन् । तर, एमालेले उनका ती मागहरु पूरा गर्ने स्थितिमा छैन। यसैकारण उनी अहिले एमालेमा नरहने संकेत देखाउदै आएका छन् ।

यसैगरी साहको अर्काे माग हो–पूर्वमाओवादी नेता कार्यकर्तालाई पार्टीमा विशेषगरी स्थान दिइनुपर्छ । तर, उनी आफैँलाई एमालेले तल्लो तहको दर्जामा राखेपछि असन्तुष्टि देखाउदै आएका छन् । माओवादी रहँदा उनी स्थायी कमिटी सदस्य थिए तर, अहिले एमालेमा उनी केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् ।

प्रतिक्रिया