हामी जतिबेला पनि सरकारमा जान तयार छौँ : अध्यक्ष नेपाल

पालिका डायरी
१ आश्विन २०७८, १२:०६
हामी जतिबेला पनि सरकारमा जान तयार छौँ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरु जतिबेला पनि सरकारमा जान सक्ने बताउनु भएको छ ।

पार्टींको केद्रिय कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले मन्त्रिपरिषदले चाँडै पूर्णंता पाउने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी सरकारमा जान आजै भने आजै, भोलि भने भोलि नै तयार छौँ। आशा गरौँ यो हप्ताभित्रै मन्त्रिपरिषदले पूर्णता पाउँछ।’

उहाँले आफ्नो पार्टी मन्त्रिपरिषद बिस्तारको ढिलाईको कारक नभएको उल्लेख गर्नुभयो । मन्त्रिपरिषद बिस्तारको अधिकार प्रधानमन्त्रीको रहेकाले यसको जिम्मा देउवालाई रहने उहाँले उल्लेख गर्नुभयो । नेकपा (एस)ले आज नयाँ बानेश्वरस्थित आलोकनगरमा पार्टी कार्यालयको उद्घाटन गरेको छ ।

प्रतिक्रिया
madhab kumar nepal