सहयोगी मन नेपालले मनायो तेश्रो स्थापना दिवस

पालिका डायरी
११ आश्विन २०७८, १४:४६

हेटौंडा / सहयोगी मन नेपालले आज एक कार्यक्रमका बिच आफनो तेश्रो स्थापना दिवस मनाएको छ । तेश्रो स्थापना दिवसका अवसरमा आयोजित शुभकामना तथा चियापान कार्यक्रम्मा सहयोगी मन नेपालका अध्यक्ष केदार चौलागाईले सहयोगी मन सबैले सहयोग पाउने साझा संस्थाको रुपमा स्थापन भएको बताउनु भयो । उहाँले संकट,महामारी,आपतबिपतका बेलामा गरीब दिन दुखीहरुमा सेवा गर्ने उर्देशयले संस्था स्थापना गरीएको बताउनु भयो । हामीले जुन उर्देश्य लिएर सहयोगी मन स्थापना गरेका थियौ सोही अनुसार कामहरु गर्न सफल हुनुमा स्थानिय प्रशासन,वडा कार्यलय,राजनितिक दल,संचारकर्मीहरु लगाएतको देन रहेको अध्यक्ष चौलागाईले बताउनु भयो । उहाँले सहयोगी मन नेपाललाई देशै भर शाखा बिस्तार गर्ने क्रममा आफुहरु रहेको बताउनु भयो ।

जिल्ला समन्व समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि खुलालले सहयोगी मनले जिललामा कोभिड संकटका बेला खेलेको भुमिका उल्लेख्य रहेको बताउनु भयो । उहाँले सहयोगी मन नाम जस्तै काम गर्ने परोपकारी संस्था रहेको बताउनु भयो । यस्तै कार्यक्रममा बिशिष्ठ अतिथी मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले सहयोगी मन नेपाल स्थानिय प्रशासन ऐन अनुसार सहयोगी भावानाका रुपमा समाजमा देखिएको बताउदै यसले खेलेको भुमिकाको उच्च मुल्यांकन हुने बताउनु भयो । उहाँले संकटका बेला जिल्ला प्रसासन संगको समन्वयमा धेरै सामाजीक कार्यहरु गरेको भन्दै अझ सकृयता बढाउन आग्रह गर्नु भयो । आफनै खर्चमा सामाजीक सेवामा अग्रसर हुदै आएको सहयोगी मन नेपाल देशैभर स्थापना हुन सफल रहोस भन्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले शुभकामना व्यक्त गर्नु भयो ।

कार्यक्रममा अख्त्यार दुरपयोग अनुसान्धान आयोग हेटौडाका उपसचिब अर्पणनाथ शर्मा, मकवानपुर उद्योग वाणीज्य संघको अध्यक्ष कृष्ण कटुवाल, नेपाल पत्रकार महासंघ मकवानपुरको अध्यक्ष मणीराज गौत्तम ,राप्रपा मकवानपुरको अध्यक्ष गुरुप्रसाद सापकोटा , कांग्रेस नेता आनन्दराम पराजुली , एमाले नेता गणेश दुलाल ,६ नम्वरको वडा अध्यक्ष अर्जुन चौलागाँई तथा १६ नम्वरको वडा अध्यक्ष रामकृष्ण कोइराला लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष दिपक तिवारीले स्वागत मन्तब्य राख्नु भएको थियो भने सहभागीहरुले आउदै गरेको चाडपबहर्रुको अबसरमा शुभकामना आदनप्रदान समेत गरेका थिए ।

प्रतिक्रिया