१३ असोजमा युवा संघको थाहानगर सम्मेलन, प्रमुख अतिथि महेश बस्नेत

पालिका डायरी
११ आश्विन २०७८
१३ असोजमा युवा संघको थाहानगर सम्मेलन, प्रमुख अतिथि महेश बस्नेत

थाहा नगरमा राष्ट्रिय युवा संघ नगरस्तरीय सम्मेलनमा जुटेको छ । नगरका वडा तथा टोलहरुमा समेत युवा भेला तथा कमिटी निर्माण गरेर युवा संघ नगर सम्मेलनमा जुटेको हो । यही १३ असोजमा जेसीज सभाहलमा नगर सम्मेलन आयोजना हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको युवा संघका नगर संयोजक प्रदिप भट्टले जानकारी दिए ।

सम्मेलनमा करिब तीन सय युवाहरुको सहभागिता रहने भट्टले जानकारी दिए । सम्मेलनलाई नेकपा एमालेका केन्द्रीय नेता तथा युवा संघ इन्चार्ज महोश बस्नेतले सम्बोधन गर्ने कार्यक्रम तय भएको युवा संघले जनाएको छ । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी, थाहानगर कमिटी, महिला संघका सदस्यहरु लगायतको समेत आतिथ्यता रहनेछ ।

युवा सम्मेलनबाट नगर युवा संघको कमिटीसमेत घोषणा हुनेछ । कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिब लगायत पदाधिकारीसहित सदस्यहरु रहनेछन् ।

प्रतिक्रिया