ऐतिहासिक पौवाको पुर्ननिर्माण हुँदै

पालिका डायरी
९ आश्विन २०७८, २१:३२
ऐतिहासिक पौवाको पुर्ननिर्माण हुँदै

हेटौंडा  / मकवानपुरको चित्लाङमा रहेको ऐतिहासिक पौवाको पुर्ननिर्माण हुने भएको छ । हाल जिर्ण अवस्थामा रहेको उक्त सम्पदा भत्काएर सोही डिजाइनको बनाउन लागिएको थाहा नगरपािलिका वडा नम्बर ९ का वडा अध्यक्ष परशुराम श्रेष्ठले जानकारी दिए । पुरातत्व विभागले उक्त सम्पदा पुर्ननिर्माण गर्न लागेको हो ।
भारत नेपाल तथा नेपालको तराइबाट काठमाणडौं जाने मूल बाटो कुलेखानी भिमफेदी हुँदै हेटौंडा जाँदा आउँदा पैदल यात्रु गाडी बोक्ने व्यक्तीहरूको लागि बास बस्नको बनाइएको थियो । तत्कालिन समयमा निर्माण गरिएको २५ औं ठुला सत्तल मध्ये चितलाङको उक्त सत्तल पनि एक हो ।

प्रतिक्रिया