थाहा नगर सभापतिमा गोपाली र जोशी बीच प्रतिस्पर्धा

पालिका डायरी
९ आश्विन २०७८, १६:१७
थाहा नगर सभापतिमा गोपाली र जोशी बीच प्रतिस्पर्धा

असोज ९/नेपाली कांग्रेसको केन्द्रिय निर्वाचन कार्यक्रम अन्तरगत आज (शनिबार) थाहा नगरपालिकामा नगर कमिटिको निर्वाचन हुँदै छ ।नगर सभापति पदका लागि कांग्रेस थाहा नगरका दुई नेताबिच प्रतिस्पर्धा हुने निश्चित भएको छ । युवा नेता प्रमोदकृष्ण जोशी र अर्का नेता भरत गोपाली नगर सभापतिको दौडमा हुनुहुन्छ ।

दुबै नेताहरु आफु सभापति बन्नेमा ढुक्क छन् । नगर सभापतिका प्रत्यासी प्रमोदकृष्ण जोशी आफु मतदाता माझ लोकप्रिय भएको र सबै प्रतिनिधिले आफुलाई मतदान गर्नेमा बिस्वस्त भएको बताउनुभयो । जोशीले पार्टी मजबुत, एकताबद्ध बनाई स्थानीय तहदेखि केन्द्रसम्म सम्बन्ध मजबुद बनाउन आफु प्रतिबद्ध रहेको बताउनुभयो ।

तेस्तै सभापतिका अर्का उम्मेदवार भरत गोपालीले पार्टीलाई मजबुत बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । आफु भारी मतले बिजयी हुनेमा आफु ढुक्क रहेको गोपालीले बताउनुभयो ।

सभापति पदका अर्का आकांक्षी नवराज लामाले सहमतिका लागि र सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्नका लागि आफुले उम्मेदवारी नदिने बताउनुभयो ।

प्रतिक्रिया