जो बाइडेनको सम्मेलनमा प्रम देउवाको सम्बोधन- ‘कोरोनाविरुद्ध लड्न एक हौँ’

पालिका डायरी
८ आश्विन २०७८, १०:५३
संविधानको सफल कार्यान्वयन गर्न सरकार प्रयत्नशीलः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी २०२२ अप्रिलसम्ममा ८० प्रतिशत जनतालाई कोरोनाविरुद्धको खोप दिने बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले गएराति आयोजना गर्नुभएको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोनाविरुद्धको युद्धमा एक भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

भोलि शनिबारबाट अमेरिकामा राष्ट्रसंघीय महासभाको ७६ औं सम्मेलन शुरु हुँदैछ । त्यसको पूर्वसन्ध्यामा अमेरिकाले भर्चुअल सम्मेलनको आयोजना गरेको थियो ।

सोक्रममा नेपालले पनि आफ्नो धारणा राखेको थियो । सम्मेलनमा १९३ देशका सरकार प्रमुख र राष्ट्र प्रमुखहरुले सम्बोधन गर्दैछन् । सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया