राष्ट्रपतिबाट बजेट प्रमाणीकरण, सरकारलाई भोलिदेखि खर्च गर्ने बाटो खुल्यो

पालिका डायरी
७ आश्विन २०७८, २१:०८
राष्ट्रपतिबाट बजेट प्रमाणीकरण, सरकारलाई भोलिदेखि खर्च गर्ने बाटो खुल्यो file photo

काठमाडौं । दुवै सदनबाट पारित भएको विनियोजन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ ।

राष्ट्रपति कार्यालयको अनुसार सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी पठाएको विनियोजन विधेयक (बजेट)लाई भण्डारीले प्रमाणिकरण गर्नुभएको छ । विनियोजन विधेयक (बजेट) प्रमाणिकरण भएसंगै सरकारलई भोलिदेखि खर्च गर्ने बाटो खुुलेको छ ।

बजेट पारित नहुँदा गत भदौ ३० गतेदेखि सरकारी कोषको रकम खर्च गर्न नमिल्ने भएको थियो ।

प्रतिक्रिया