मुलुकभर थप १२३९ जनामा कोरोना पुष्टि, १३ संक्रमितको मृत्यु

पालिका डायरी
७ आश्विन २०७८, २०:५३
मुलुकभर थप १२३९ जनामा कोरोना पुष्टि, १३ संक्रमितको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार २४३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ११ हजार ६२९ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ९ सय ४१ जना र ३ हजार ६१४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ७८ हजार ६७६ पुगेको छ ।पछिल्लो २४ घण्टामा १३२४ जना कोरोनामुक्त भए, १३ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ३२४ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ५६ हजार ९५४ पुगेको छ ।पछिल्लो २४ घण्टामा देशभर १५ हजार २४३ जनाको परीक्षण हुँदा हालसम्म कुल ४६ लाख ८७ हजार ४१४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।यसैगरी पछिल्लो २४ घण्टामा थप १३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७२ पुगेको छ ।

प्रतिक्रिया