बकैयामा असोज १२ र १३ गते कोरोनाविरुद्धको खोप लगाइने

पालिका डायरी
७ आश्विन २०७८, २०:४१
बकैयामा असोज १२ र १३ गते कोरोनाविरुद्धको खोप लगाइने

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा आगामी असोज १२ गतेदेखि ४० वर्षभन्दा माथिका नागरिकलाई कोरोनाभाइरस (कोभिड–१९) संक्रमणविरुद्धको खोप लगाउने भएको छ । गाउँपालिकाले आज (बिहिबार) एक सूचना जारी गर्दै सो कुराको जानकारी गराएका हुन् ।

जारी सूचना अनुसार, बकैयामा आगामी असोज १२ गते र १३ गते गरी दुई दिन यसअघि कोरोनाविरुद्धको खोप नलगाएका ४० वर्ष भन्दामाथि उमेर भएका नागरिकलाई पहिलो डोज खोप लगाइने भएको हो । गाउँपालिकाले खोप लगाउन जाँदा आफ्नो परिचय खुल्ने कार्ड वा नागरिकताको फोटोकपि लिएर आफुलाई पायक पर्ने स्थानमा गएर खोप लगाउन सबैलाई आग्रह गरेको छ । गाउँपालिकाले खोप लगाउनका लागि १२ वटा स्थान तोकेको छ । गाउँपालिकाकाले छतिवन प्राथमिक स्वास्थ्य केन्द्र, शिखरपुर स्वास्थ्य चौकी, ठिंगन स्वास्थ्य चौकी, धियाल स्वास्थ्य चौकी, मन्थली स्वास्थ्य चौकी, हात्तीसुडे आधारभूत स्वास्थ्य सेवा केन्द्र, जुईनो आधारभूत स्वास्थ्य सेवा केन्द्र, महादेवडाँडा आधारभूत स्वास्थ्य सेवा केन्द्र, राजदमार आधारभूत स्वास्थय सेवा केन्द्र, भिरकोट आधारभू स्वास्थ्य सेवा केन्द्र, वस्तीपुर आधारभूत स्वास्थ्य सेवा केन्द्र र सिमात आधारभूत स्वास्थ्य सेवा केन्द्रमा बिहान १० बजेदेखि खोप लगाउन भनिएको छ ।

प्रतिक्रिया