‘सुशासन नारा होइन, काम हो, हामी काम गरिरहेका छौं’: प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ ।
संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोहमा समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले शहीदका रगतले लेखिएको संविधान, हामी कामले पूरा गर्छाैँ भन्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “संविधानप्रतिको निष्ठा र यसको पालनामा हामी पूर्ण प्रतिबद्ध छौँ, म यो बाचा आज फेरि दोहोरर्याउँछु ।
संविधान जारी भएको दिन हरेक वर्ष आउँछ तर संविधान पूरा हुने दिन हामीले आफैँ ल्याउनुपर्छ, हरेक इमानदार निर्णयबाट, हरेक पारदर्शी नियुक्तिबाट, नागरिकको घरदैलोमा पुग्ने हरेक सेवाबाट ।” जनताले सुशासन, विकास, समृद्धि र सामाजिक न्याय मागेका बताउँदै उहाँले सरकारको हरेक कदम त्यही आकाङ्क्षातर्फ केन्द्रित रहेको र रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया


