१ हजार ४५४ किलो गाँजासहित एक जना पक्राउ
सुनसरीको इनरुवा नगरपालिका–१०, जाल्पापुर चम्राही टोलबाट ठूलो परिमाणमा गाँजासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार शनिबार बिहान करिब ३ बजे को.१ च ८२७९ नम्बरको टाटा पिकअप भ्यान चेकजाँच गर्ने क्रममा १ हजार ४५४ किलो ८७० ग्राम गाँजा बरामद गरिएको हो । गाँजासहित भोक्राहानरसिंह गाउँपालिका–५ निवासी ३० वर्षीय रामबहादुर यादवलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बरामद गाँजा र नियन्त्रणमा लिइएका यादवलाई आवश्यक कानुनी प्रक्रियाअनुसार थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया


