हेटौंडा–४ मा टेबल टेनिस प्रतियोगिता सम्पन्न, रविन्द्र नेपाल प्रथम
हेटौंडा उपमहानगरपालिका–४ मा राष्ट्रिय युवा संघ, नेपाल वडा कमिटीको आयोजनामा टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा ४० जना खेलाडीको सहभागिता रहेको थियो। प्रतिस्पर्धात्मक खेलमा रविन्द्र नेपाल प्रथम हुँदै नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भएका छन्। त्यसैगरी, एन्जल डी. बिष्ट दोस्रो हुँदै नगद ३ हजार रुपैयाँ तथा परासर वाग्ले तेस्रो हुँदै नगद २ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भएका छन्।
राष्ट्रिय युवा संघ, नेपाल हेटौंडा उपमहानगरपालिका–४ कमिटीका अध्यक्ष क. सुरज ब्लोनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला कमिटी इन्चार्ज क. रामेश्वर रहेका थिए।
कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सदस्य तथा हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देल विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए।
त्यस्तै, नेकपा (एमाले) मकवानपुर जिल्ला कमिटी सहसचिव आरती पाठक, जिल्ला कमिटी सहसचिव तथा हेटौंडा उपमहानगरपालिका–१० का वडाध्यक्ष फुर्वा लामा, नेकपा (एमाले) मकवानपुर जिल्ला कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ, नेपाल मकवानपुर जिल्ला इन्चार्ज सानु लामा दोङ, राष्ट्रिय युवा संघ, नेपालका केन्द्रीय सदस्य दिलु घर्ती मगर तथा राष्ट्रिय युवा संघ, नेपाल प्रदेश कमिटी सचिवालय सदस्य किरण लामिछाने लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।


