भोटेकोशी बाढीमा २ हजार १ सय १ जनाको उद्धार

पालिका डायरी
१२ भाद्र २०८३, १९:४३
भोटेकोशी बाढीमा २ हजार १ सय १ जनाको उद्धार

रसुवास्थित भोटेकोशीमा आएको बाढीबाट प्रभावित २ हजार १ सय १ जनाको उद्धार गरिएको छ ।

नेपाली सेनाका अनुसार भदौ १२ गते साँझ ६ बजेसम्म स्थलमार्ग, हवाई साधन र टनेलबाट उनीहरूको उद्धार गरिएको हो । सेनाका हेलिकप्टरमार्फत टिमुरे, स्याफ्रुबेंसी, मैलुङलगायत क्षेत्रबाट ५६ जना विदेशी नागरिकसहित ९ सय जनाको उद्धार गरिएको छ ।

उद्धार गरिएका विदेशी नागरिकमा ३३ भारतीय, चार जर्मन, १६ चिनियाँ, एक ओमानी र दुई कोरियाली नागरिक छन् ।

प्रतिक्रिया