सुरुङभित्र उद्धार गर्न विदेशी विशेषज्ञ टोली मगाइने

पालिका डायरी
१२ भाद्र २०८३, १९:३७
सुरुङभित्र उद्धार गर्न विदेशी विशेषज्ञ टोली मगाइने

जलविद्युत् आयोजनाहरूको टनेलमा फसेकाहरूको उद्धारका लागि सरकारले विदेशबाटै विशेषज्ञ टनेल रेस्क्यु टोली मगाइने भएको छ।

परराष्ट्र प्रवक्ता लोकबहादुर क्षेत्री का अनुसार यसका लागि छिमेकी मुलुक भारत र चीनसँग समन्वय भइरहेको छ।

रसुवा भोटेकोसीमा आएको बाढीले ११ जलविद्युत् आयोजनाका ९३४ व्यक्ति अझै सम्पर्कविहीन छन्।

कतिपय टनेलमा फसेका छन्। केही श्रमिकहरूलाई उद्धार टोलीले निकाल्न सफल भए पनि अधिकांश टनेलमै फसेका छन्।

प्रतिक्रिया