भोटेकोसी बाढी- पूर्वीनवलपरासीमा ८१ जनाको शव फेला, मृतकको संख्या २८९ पुग्यो
रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ। जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले थप शव फेला परेको जनाएको छ।
त्यहाँ मात्रै ८१ जनाको शव फेला परेको छ। ती मध्ये ५५ जनाको शव जिल्लास्थित ७ वटा अस्पतालमा राखिएको छ। २६ जनाको शव भने घटनास्थलमै रहेको र अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।
पूर्वी नवलपरासीमा फेला परेका शव मध्ये २२ महिला, ३३ पुरुष, ६ बालक, ९ बालिका र पहिचान खुल्नै नसक्ने अवस्थाका ११ वटा शव छन्। यसअघि नै चितवनमा १०८ जनाको शव फेला परेको छ। पश्चिम नवलपरासीमा १५, धादिङमा २७ जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९ र रसुवामा १७ जनाको शव फेला परेको छ। नदी किनारमा बेपत्ताको खोजि जारी रहेको छ।
प्रतिक्रिया


