रविको मुद्दामा चार दिन सुनुवाइपछि सर्वोच्चले भन्यो- महान्यायाधिवक्ताको पछिल्लो निर्णय झिकाउनू
file photo
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा चार दिनसम्म सुनुवाइ भए पनि निर्णय आएको छैन। न्यायाधीश शारङ्गा सुवेदी र सुनिल पोखरेलको इजलासले महान्यायाधिवक्ताको अभियोगपत्र संशोधनसम्बन्धी निर्णय र अन्य कागजात झिकाउन आदेश दिँदै चैत ९ गतेका लागि पेसी तोकेको छ।
महान्यायाधिवक्ताले लामिछानेविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णय गरेपछि त्यसविरुद्ध रिट दायर भएको थियो। निवेदकहरूले उक्त निर्णय कार्यान्वयन रोक्न माग गरेका छन्।
अब थप कागजात अध्ययनपछि पुनः सुनुवाइ हुनेछ। जिल्ला अदालतहरूले पनि सर्वोच्चको अन्तिम निर्णयपछि मात्रै यस विषयमा टुंगो लगाउने बताएका छन्।
प्रतिक्रिया



