पूर्वमन्त्री आलेमगरको स्वास्थ्य अवस्था गम्भीर, आईसीयूमा उपचार जारी

पालिका डायरी
४ मंसिर २०८२, १६:५३
पूर्व मन्त्री आलेमगरको स्वास्थ्य अवस्था गम्भीर, आईसीयूमा उपचार जारी

बागमती प्रदेश सभा सदस्य तथा पूर्व युवा तथा खेलकुद मन्त्री रमा आलेमगरको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । विगत १० दिनदेखि उपचाररत पूर्व मन्त्री आलेमगरको अवस्था दिप्रतिनि कमजेर बन्दै गरेको हो ।

विगत लामो समयदेखि पेट सम्बन्धी समस्या रहेको उनलाई पछि अल्सर र हाल कलेजो सम्बन्धी समस्या भइ महाराजगञ्जस्थित त्रिवी शिक्षण अस्पतालमा उपचार भइरहेको उनका भाई राम आलेमगरले जानकारी दिए ।

सांसद आलेमगरको अहिले आइसियूमा राखेर उपचार भइरहेको रामको भनाई छ । उनको स्वास्थ्य अवस्थामा सुधार आउन नसकेको रामले बताए । उपचारमा संलग्न चिकित्सकहरुले सांसद आलेमगरको थप उपचारका लागि बाहिर (विदेश) लैजान सुझाव दिएको उनको भनाई छ ।
आर्थिक अभावका कारण उनको उपचारमा समेत समस्या भइरहेको र सहयोग उठाउन थालिएको छ । उनको उपचारमा सहयोग गर्न निरन्तर खटिइरहेका प्रकाश खड्काले सामाजिक सञ्जालमा सांद आलेमगरको फोटो र बैक क्युआर सेयर गर्दै थप उपचारका लागि सहयोग गर्न अनुरोध छन् ।

आलेमगर बागमती प्रदेशकी एक सक्रिय र जुझारु राजनीतिज्ञका रुपमा चिनिन्छिन् । उनी २०७४ सालमा नेकपा एमालेबाट र २०७९ सालको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) बाट काठमाडौं क्षेत्र नम्बर १० (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन् ।

यसअघि उनले बागमती प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेकी छन् । हाल उनी नवगठित नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यमा प्रस्तावित भएकी छन् ।

प्रतिक्रिया