पोखरामा दुईवटा प्याराग्लाइडिङ फेवातालमा खसे
पोखरामा प्याराग्लाईडिङ्ग ल्यान्डिङ्ग गर्ने क्रममा दुर्घटनामा परेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको २ वटा प्याराग्लाईडिङ्ग ल्यान्डिङ गर्ने क्रममा अनियन्त्रित भई फेवा तालको बीच भागमा खसेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।
दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले उनीरुलाई दिउँसो करीब ३ बजे सकुशल उद्धार गरेको पनि थापाले बताए ।
उद्धार गरिएकाहरुमा भारतको बनारस घर बताउने ४१ वर्षीय अकलेस यादव र ३५ वर्षीय चन्दन कुमार पटेल तथा अग्नि प्याराग्लाईडिङ्गका पाईलट ३० वर्षीय मिलन शाह र ह्याप्पी फ्लाई प्याराग्लाईडिङ्गका पाईलट २८ वर्षीय विश्वास अधिकारी छन् ।
प्रतिक्रिया



