सँगै पौडी खेलेका साथी पोखरीमा डुबेपछि ८ जना पक्राउ
file photo
पोखरीमा पौडी खेल्ने क्रममा चितवनको भरतपुर महानगरपालिका-२२ का २५ वर्षीय लोकेश महतोको डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार मंगलबार राति इच्छाकामना गाउँपालिक–७ दाहाखानीस्थित दाहाखानी भ्यु रिसोर्टको पौडी पोखरीमा उनी डुबेका हुन् । साथीहरूसँग पौडी खेल्न गएका महतो डुबेको भेटिएपछि उनका आठ साथीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
भरतपुर महानगरपालिका २२ का २२ वर्षीय सिमन थापा, प्रवीण घिमिरे, ५७ वर्षीय मेघलाल चुडाल, २६ वर्षीय दिपेश महतो, १९ वर्षीय शुबु खत्री र महानगरपालिका(१३ का २६ वर्षीय आदेश सुवेदी, १४ का २९ वर्षीय आशिष शर्मा र लमजुङ सुन्दरबजारका २६ वर्षीय नारायण बस्नेतलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ।
प्रतिक्रिया

