५२ किलो लागू औषध गाँजासहित एक जना पक्राउ

पालिका डायरी
४ बैशाख २०८२, १९:३०

हेटौंडा /  मकवानपुरको मनहरी गाउँपालिका ६ स्थित नयाँबस्तिमा ठूलो परिमाणमा लागू औषध गाँजासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नं. ६ सुनाचुरीका ५० वर्षीय बाबुराम मुक्तान रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ।

विशेष सुराकीकाे आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले हिजो (बुधवार) राति करिब ९:३० बजे ब्रमादेवी सामुदायिक बन क्षेत्रमा रुपाचुरीबाट नयाँबस्ति तर्फ भारी बोकी पैदल आइरहेकाे अवस्थामा  मुक्तानको साथबाट ५२ किलो लागू औषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले गाँजासहित मुक्तानलाई नियन्त्रणमा लिई लागू औषध सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएकाे छ । साथै  मकवानपुर जिल्ला अदालत हेटौडाबाट ७ दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया