मकवानपुरको मनहरीमा चट्याङ लाग्दा तीन जना घाइते
हेटौंडा / मकवानपुरकाे मनहरी गाउँपालिका–६, रुपाचुरीमा चट्याङ लाग्दा तीन जना घाइते भएका छन्।
आज अपराह्नको समयमा हावाहुरीसहितको पानी परिरहेको बेला मंगल मुक्तान आफ्नो घर बाहिर बसिरहेको अवस्थामा अचानक चट्याङ लाग्दा उनीसहित उनका परिवारका सदस्यहरू घाइते भएकाे मकवानपुर प्रहरीले जानकारी दिएको छ।
घाइते हुनेहरूमा ३८ वर्षीय मंगल मुक्तान, उनका १८ वर्षीय छोरा कल्सान मुक्तान र २७ वर्षीया कालिमान बल रहेका छन्। मंगल मुक्तान र कालिमान बल दुवैलाई छातीमा भित्री चोट लागेको छ र उनीहरूको मुखबाट रगत बगेको प्रहरीले जनाएकाे छ । उनीहरूको अवस्था मध्यम रहेको छ भने कल्सान मुक्तानको टाउको दुखेको बताइएको छ ।
घाइते सबैलाई थप उपचारका लागि भरतपुर, चितवनस्थित सरकारी अस्पतालमा लगिएको छ।
प्रतिक्रिया



