चैत २४ मा बस्दै बागमती प्रदेश सभा बैठक

पालिका डायरी
२२ चैत्र २०८२, १९:११
चैत २४ मा बस्दै बागमती प्रदेश सभा बैठक

बागमती प्रदेश सभा बैठक चैत २४ गते बस्ने भएको छ।

आइतबार (आज) बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले आउँदो मंगलबार प्रदेश सभा बैठक बस्नेगरी अधिवेशन आव्हान गर्ने निर्णय गरिएको हो।

मन्त्रीपरिषद्को बैठक सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता प्रभात तामाङले मंगलबार दिउँसो ४ बजे प्रदेश सभा बैठक बस्ने जानकारी दिएका हुन्। यसअघि गत साउन २७ गते इन्द्रबहादुर बानियाँले विश्वासको मत लिनका लागि प्रदेश सभा बैठक बोलाएपछि हालसम्म बैठक बसेको थिएन।

झण्डै ८ महिनापछि प्रदेश सभा बैठक बस्न लागेको हो।

 

प्रतिक्रिया