गुन्डा नाइके ‘सानुभाइ’सहित काठमाडौँबाट १८ जना पक्राउ

पालिका डायरी
२२ चैत्र २०८२, ०८:५५
८ किलो ८ सय ग्राम चरेससहित मकवानपुरबाट ५ जना पक्राउ Ai photo

गुन्डा नाइकेको रुपमा चिनिएका ‘सानुभाइ’ भनिने युवराज गुरुङसहित १८ जनालाई प्रहरीले गएराति काठमाडौँबाट पक्राउ गरेको छ।

शनिबार राति काठमाडौँको सामाखुसीबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिए।

प्रहरीले विगत केही दिनदेखि काठमाडौँमा गुण्डागर्दीबिरुद्ध अपरेसन सञ्चालन गर्दै आएको छ। शुक्रबार राति पनि प्रहरीले काठमाडौँबाट १५० जनाभन्दा धेरैलाई पक्राउ गरेको थियो।

‘अहिलेसम्म गुण्डागर्दीमा संलग्न ३७ जनासहित काठमाडौँबाट १९५ जनालाई नियन्त्रणमा लिइसकेका छौँ,’ थापाले भने, ‘प्रहरीको यो अभियान निरन्तर जारी रहन्छ।’

नुवाकोटको ककनी गाउँपालिका–५ घर भएका गुण्डा नाइके सानुभाइ काठमाडाैँको टोखास्थित सुर्यदर्शन हाइटमा बस्दै आएका थिए। ३३ वर्षीय उनी यसअघि पनि पटक-पटक पक्राउ पर्दै छुट्दै आएका थिए।

सानुभाइ प्रहरी इन्काउन्टरमा मारिने कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगीसमेत भएका प्रहरीले जनाएको छ।

प्रतिक्रिया