मकवानपुरको थाहामा ट्रक पल्टिँदा चालक घाइते
हेटौंडा / मकवानपुरको थाहा नगरपालिका–१२ टिष्टुङस्थित त्रिभुवन राजपथमा ट्रक दुर्घटना भएको छ ।
काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०३-००१ ख १७५० नम्बरको ट्रकको अगाडिको दाहिने पट्टा भाँचिएपछि ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको हो । दुर्घटनाका क्रममा ट्रक चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका-२ मौवाखोलाका अन्दाजी २७ वर्षीय धुर्व घलेले ट्रकबाट हाम फाल्दा दाहिने खुट्टाको पौतालामा सामान्य चोट लागेको छ । घाइते चालकलाई उपचारका लागि पालुङ अस्पताल पठाइएको छ ।
घटनापछि इलाका प्रहरी कार्यालय पालुङ, मकवानपुरबाट प्रहरी टोली खटिएको छ ।
प्रतिक्रिया


