२४ अंकले घटे पनि १५ अर्बको सेयर किनबेच

पालिका डायरी
११ चैत्र २०८२, १६:२१

सेयरबजार आज २४.४५ अंकले घटेर २९३५.९४ विन्दुमा झरेको छ।  नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार बजार ०.८२ प्रतिशतले घटेको हो।

दिनभरिमा ३ करोड ५८ लाख कित्ता बिक्रीपछि कुल १५ अर्ब ९ करोडको कारोबार भएको छ। यस दिन ४५ वटा सेयरको मूल्य बढ्दा २१३ वटाको घटेको र ७ वटाको अघिल्लो मूल्यमै खरिदबिक्री भएको छ।

आज रिलायन्स स्पिनिङ मिल्सको र सुपर खुदी हाइड्रोपावरको सेयरमा सर्किट ब्रेक लाग्दा सेयरधनीले प्रतिकित्ता १६६.३० र ३० रुपैयाँ आम्दानी गरेका छन्। यसबाहेक सोलु हाइड्रो, भुजुङ हाइड्रो र होटल फरेस्ट इनका लगानीकर्ताले पनि ९.९९ प्रतिशत कमाएका छन्।

तर अभियान लघुवित्त, सालपा विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र महुली लघुवित्तका लगानीकर्ताले भने गुमाएका छन्। यी सेयरधनीले अधिकतम ७.७४ प्रतिशत प्रतिसेयर नोक्सानी व्यहोरेका छन्।

कारोबारमा आज ङादी ग्रुप पावर, अपि पावर, शिवम् सिमेन्ट, सुपर मादी हाइड्रोपावर र एसवाई प्यानलको क्रमशः ५२ करोड, ५१ करोड, ४७ करोड, ४६ करोड र ४४ करोडको कारोबार भएको छ।

नेप्सेका अनुसार बुधबार उत्पादन समूह ०.४८ प्रतिशतले र व्यापार ३.४५ प्रतिशतले उकालो लागे पनि बाँकी सबै ओर्लिएका छन्।

प्रतिक्रिया