स्कुटरलाई ठक्कर दिएपछि टिपर चालक भागे, पत्नीको मृत्यु, पति घाइते

पालिका डायरी
६ चैत्र २०८२, ०९:३७
accident

दाङमा श्रीमान–श्रीमती सवार स्कुटरलाई टिपरले ठक्कर दिँदा श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ ।

तुलसीपुर–हापुरे सडक खण्ड अन्तर्गत तुलसीपुर–९ दुधेना चमिखोला नजिकै तुलसीपुरबाट बागरतर्फ जाँदै गरेको रा.७ प ६३३१ नम्बरको स्कुटरलाई विपरित दिशाबाट आउँदै गरेको रा.१ ख २३०८ नम्बरको टिपरले गएराति ठक्कर दिएको हो ।

दुर्घटनामा तुलसीपुर–९ निवासी अन्दाजी ४९ वर्षिय पुष्पा कडेँलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी रेशम बोहराले जानकारी दिए । पुष्पाका श्रीमान दुर्गा कडेँलले स्कुटर चलाएका थिए । दुर्घटनमा दुर्गा पनि घाइते भएका छन् । तर, उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

घटनापछि फरार भएका टिपर चालकलाई प्रहरीले नारायणपुरबाट नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया