जग्गा विवादमा ७५ वर्षीया आमाको हत्या, बहिनीमाथि पनि आक्रमण

पालिका डायरी
४ चैत्र २०८२, १२:२४
होटल संचालन गर्दै आएकी एकल महिलाको हत्या

कञ्चनपुरका एक व्यक्तिले आफ्नी आमाको हत्या गरेका छन् ।

दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका प्रहरीले जनाएको छ । हरिप्रसादले धारिलो हतियार प्रहार गरेर आमाको हत्या गर्नुका साथै बहिनीलाईसमेत घाइते बनाएका छन् ।

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हेमबहादुर शाहीका अनुसार गएराति भएको घटनामा ब्रिन्द्राको घटनास्थलमै मृत्यु भएको हो। दाजुको आक्रमणमा घाइते भएकी भगवती माझीको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

आमाको हत्यापछि फरार भएका अभियुक्तको खोजी जारी रहेको प्रहरीले जनाएको छ । जग्गासम्बन्धी विवाद घटनाको प्रमुख कारण रहेको सूचना अधिकारी शाहीले बताए ।

प्रतिक्रिया