मत बदर प्रतिशत घट्यो, समानुपातिकभन्दा प्रत्यक्षमा धेरै बदर
निर्वाचन आयोगले पछिल्ला पाँच निर्वाचनको तुलनामा यस पटक मत बदर प्रतिशत घटेको जनाएको छ ।
भरखरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकको गरी औषत ४.७ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ । यसअघि २०७९ सालको निर्वाचनमा ५.०५ प्रतिशत मत बदर भएको थियो ।
त्यस्तै, २०७४ सालको निर्वाचनमा सबैभन्दा बढी मत बदर भएको थियो । त्यतिवेला ५.१८ प्रतिशत मत बदर भएको आयोगको तथ्यांक छ । त्यसअघि २०७० सालको संविधान सभा निर्वाचनमा ४.९६ प्रतिशत मत बदर भएको थियो । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा ५.१५ प्रतिशत मत बदर भएको आयोगको तथ्यांक छ ।
यस पटकको निर्वाचनमा समानुपातिकभन्दा प्रत्यक्षमा धेरै मत बदर भएको आयोगले जनाएको छ । समानुपातिकतर्फ ४ लाख ४५ हजार ५९२ मत बदर भएका थिए । यो ३.९५ प्रतिशत हो ।
त्यस्तै, प्रत्यक्षतर्फ ६ लाख ९ हजार १५ मत बदर भएका थिए। यो भनेको ५.४५ प्रतिशत हो।
समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७ जनाले र प्रत्यक्षतर्फ एक करोड ११ लाख ६८ हजार ३२ जनाले मतदान गरेका थिए। यो निर्वाचनमा एक करोड ८९ लाख ३ हजार ६८९ मतदाता थिए।



