ओलीले बोलाए एमाले सचिवालय बैठक

पालिका डायरी
३० फाल्गुन २०८२, १०:१३
file photo

नेकपा एमालेले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।

शनिबार दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक बस्न लागेको हो ।  अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको शुक्रबार निधन भएको थियो ।  बुवाको निधनको शोकमा रहेका ओलीले आजै पार्टीको सचिवालय बैठक बोलाएका हुन् ।

गएको निर्वाचनको समीक्षा, समानुपातिक सांसद् छनोटसहितका एजेण्डामा छलफल गर्न ओलीले बैठक बोलाएका स्रोतले जनाएको छ ।

प्रतिक्रिया