ओलीका बुवाको निधनप्रति कांग्रेस सभापति गगन थापाद्वारा दुःख व्यक्त

पालिका डायरी
२९ फाल्गुन २०८२, १४:३५
सरकारले गति लिन सकेन, हामी सम्हालिनुपर्छ– गगन थापा file photo

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुवाको निधनप्रति नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले दुःख व्यक्त गरेका छन् ।

सभापति थापाले सामाजिक सञ्जालमार्फत ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

‘नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यूका पूजनीय पिता मोहनप्रसाद ओलीज्यूको असमायिक निधनको दुःखद खबरले मर्माहत बनाएको छ,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दिवंगत पुण्य आत्माको मोक्ष प्राप्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, यस कठिन घडीमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

 

प्रतिक्रिया