एमाले उपाध्यक्ष विष्णु पौडेलको चुनावी खर्च २८ लाख

पालिका डायरी
२६ फाल्गुन २०८२, १७:५४

नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले आफ्नो चुनावी खर्च सार्सार्वजनिक गरेका छन्।

निर्वाचनमा पराजय भोगेका उनले निर्वाचन आयोगलाई खर्च विवरण बुझाएका छन्।  बुझाएको विवरणमा उनले २८ लाख ७ हजार १ सय खर्च भएको उल्लेख गरेका छन्।

विवरण अनुसार उनले सबैभन्दा धेरै ८ लाख ९७ हजार बढी रकम इन्धनमा खर्च गरेकाछन्।  त्यस्तै मतदाता नामावली खरीद,छापा तथा बिद्धुतीय प्रचार, छपाई,गोष्टि एवं परिचालन, अन्तरकृया, एसएमएस, प्रतिनिधि परिचालन, कार्यालय ब्यवस्थापन र विविध शीर्षकमा खर्च भएको उल्लेख छ।

यस क्षेत्रमा उम्मेदवार रहेका उनी सहित नेपाली काङ्ग्रेसका चुन्न प्रसाद शर्मा र रुपन्देही ३ का एमाले उम्मेदवार बासुदेब घिमिरेले पनि चुनावी खर्च सार्वजनिक गरेका छन।

प्रतिक्रिया