मधेसमा निल हुनबाट आलमले जोगाए कांग्रेसलाई

पालिका डायरी
२४ फाल्गुन २०८२, ०६:४४

प्रतिनिधि सभाको निर्वाचनमा रौतहट-२ बाट नेपाली कांग्रेसका मोहम्मद फिरदोश आलम निर्वाचित भएका छन्।

निर्वाचन आयोगका अनुसार, आलम २९ हजार ५२८ मत प्राप्त गरेर सांसद निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का किरणकुमार साहले १८ हजार ४४२ मत प्राप्त गरेका छन्।

फिरदोश पूर्वमन्त्री मोहम्मद आफताब आलमका छोरा हुन्। मधेस प्रदेशमा कांग्रेसले जितेको यो एक मात्रै सिट हो। मतगणना भइरहेको बाँकी सिटमा पनि कांग्रेस पछाडि रहेको छ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शेख सगिरले ९ हजार ३२५, जसपा नेपालका रामअशिष राय यादवले २ हजार ९६०, नेकपा (एमाले)का महम्मद अउतिउल्लाहले २ हजार ३८२ र आम जनता पार्टीका श्रीभगवान राउत कुर्मीले १ हजार ८२५ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया