महिलाले लगाएको गहना लुट्न खोज्ने २ युवक पक्राउ
रौतहट जिल्लाको गढीमाई नगरपालिका-९, स्थित चिल्मिलियामा गएराति लुटपाट गर्न खोजेको आरोपमा सशस्त्र प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सोही ठाउँ बस्ने २१ वर्षीय सोमनकुमार सहनी र २१ वर्षीय रामेश्वर सहनीलाई नियन्त्रणमा लिइएको हो । ‘लुटपाट गर्न खोज्ने तीन जनामध्ये एक जना भने फरार छन्’, उनले भने ।
दुई जनालाई भने सशस्त्र प्रहरी बल नेपाल निर्वाचन क्षेत्र सुरक्षा बेस सन्तपुरको स्ट्राइकिङ टोलीले नियन्त्रणमा लिएको डीएसपी थापाले बताए । उनीहरूले रौतहटकै राजदेवी नगरपालिका-८ बस्ने धमेन्द्र राय यादव र उनकी श्रीमती चञ्चला यादव सवार मोटरसाइकल रोकेर चञ्चलाले लगाएको गहना लुटपाट गर्न खोजेपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
दुवै जनालाई कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।
प्रतिक्रिया


